अक्सफोर्ड कलेजमा एल्मुनाई गठन

Posted by


२ माघ गैडाकोट
गैंडाकोट को अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट गैंडाकोटका भू पू बिध्यार्थीहरुको भेला सम्पन्न भएको छ। भेला ले प्रदिप बास्तोला बिसीए पहिलो ब्याच को अध्यक्षता मा ११ सदस्यीय अक्सफोर्ड कलेजमा एल्मुनाई गठन गरेको छ। त्यस्तै उपाधक्ष्य मा प्रिन्स भण्डारी बिबिए , सचिब रबि घिमिरे बि इ कोषाध्यक्ष दुर्गेश नन्दनी शर्मा बिसीए।,सह सचिव बिन्दु अर्याल बिसीए सदस्यहरु बिश्व पोख्रेल,आशिष ,अन्जना अधिकारी,सुवास ढकाल,र मिना सापकोटा चयन भएका छन्। सो भेला ले सल्हाहाकर समिति पनि गठन गरेको छ। सल्लाहकार संयोजक मा बिसीए बाट सुरेश कुमार बराल,र सदस्यहरुमा मनु थपलिया बिसीए,धिरेन शाक्य बिसीए,शुशिल रेग्मी बिबिए,बिरेन्द्र कुमार चौधरी बी ई रहेका छन्।
भू पू बिध्यार्थीहरुको नव गठित समितिलाई कलेजका प्राचार्य ई हरि हरि भण्डारीले शुभकामना दिनु भएको थियो। भू पू बिध्यर्थिहरुले कलेजमा गुणस्तरीय शिक्षा का लागि निरन्तर सहयोग गर्ने प्रतिबद्दता जनाएका छन्।