अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३ को वडा भेला सम्पन्न

Posted by

भरतपुर १३,माघ २

अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३ को वडा भेला सम्पन्न भएको छ । भेला काली बहादुर स्मृति टोल बिकास सस्था गङगानगरमा भएको हो। भेला माओबादी केन्द्रका केन्द्रिय सदस्य एबम जिल्ला संयोजक यम बहादुर परियार ( ईन्द्र जित) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । राष्ट्रिय भुमी आयोग चितवनका अध्यक्ष बद्री तिमल्सिना तथा सुकुम्बासी संघका केन्द्रिय सदस्य प्रकाश बहादुर पाण्डे बिशिष्ट अतिथि रहनुभएको थियो । भेलाले सन्तबहादुर तामाङलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको छ ।समिति उपाध्यक्षमा कल्पना सुनार , सचिबमा अन्जना परियार, कोषाध्यक्षमा शोभा नेपाली साथै सह-सचिबमा भिमराज महतो चयन हुनुभएको छ । भुमिहिन सुकुम्बासीहरुको बाक्लो उपस्थिति रहेको भेलामा प्रमुख अथिति इन्द्रजितले जनताको बर्षौ देखिको चाहाना पुरा हुने दिशा तिर काम अगाडि बढेको र आफ्नो अधिकार प्राप्त गर्न सबै सुकुम्बासीहरु लाई अखिल नेपाल सुकुम्बासी संघमा सङठित हुन आग्रह गर्नुभयो । भेलालार्इ सम्बोधन गर्दै भुमी आयोगका अध्यक्ष बद्री तिम्सिनाले यहि माघ १८ गतेबाट भुमिविहिन सुकुम्वासी हरुको पुर्जावितरणका लागि ठोस कदम चालिने जानकारी गराउनु भएको थियो । नेकपा माओवादी केन्द्र भरतपुर १३ का अध्यक्ष सुदिप सुबेदी ले राष्ट्रियता जनतन्त्र र जनजिबिकाको सबालमा देशकै मियो पार्टी माओबादी केन्द्र भएकाले अरु पार्टीको शब्दजालको भ्रममा नपर्न जनसमुदायलाई अपिल गर्नुभयो । भेलाको अध्यक्षता सन्तबहादुर तामाङ र सन्चालन अखिल नेपाल सुकुम्बासी संघ भरतपुर १३का इन्चार्ज चेत बहादुर तामाङ ले गर्नु भएको थियो । कार्यक्रममा स्वगत मन्तब्य माओवादी केन्द्र भरतपुर १३ का नेता सुरेश बास्तोलाले राख्नुभएको थियो ।