अज्ञात रोगका कारण पश्चिम चितवनमा ५ हजार बढि कुखुरा मरे

Posted by

श्रावण ०९,भरतपुर

शंकास्पद रोगका कारण पश्चिम चितवनको भरतपुर २१ पहारिलोटारको चालिसे पोल्ट्री फार्मका पाचँ हजार एक सय लेयर्स कुखुरा मरेका छन् ।३/४ दिनको अन्तरालमा यति धेरै कुखुरा मरेका हुन् । यही श्रावण ६ गतेदेखि कुखुरा मर्न थालेको फर्मका सञ्चालक नारायण चालिसेले बताउनुभयो । “एक्कासि कुखुरा झोक्राउने र मर्ने भयो, चालिसेले भन्नुभयो, ल्याबमा नमूना पठाए पनि अहिलेसम्म रिपोर्ट आएको छैन ।” उनका अनुसार मरेका कुखुरा ४० दिनका चल्ला रहेका छन् । चल्ला धमाधम रोग लागेर मरेपछि अहिलेसम्म रु १८ लाखभन्दा बढी क्षति भइसकेको चालिसेले बताउएका छन्। कुखुरा मरेको जानकारी पाएपछि भरतपुर २१ का जनप्रतिनिधि कृष्ण कुमार गुरुङ,भरतपुर महानगर पशु शाखाका श्याम देबकोटा,समाजसेवी नन्दलाल ढकाल, इलाका प्रहरी कार्यलय पार्वतीपुर लगाएतको टोलिले स्थलगत निरीक्षण गरेको छ । सञ्चालक चालिसेले फार्ममा अण्डा दिँदै गरेका अन्य चारहजार कुखुरा समेत जोखिममा रहेको भनि चिन्ता प्रकट गरेका छन्। पन्छी रोग अन्वेषण प्रयोगशालाका पशु चिकित्सक तथा सुचना अधिकारी इन्दु राय यादवले कुखुराको पोष्टमार्टम र एन्टिजेन परीक्षणमा रानीखेत रोगको पुष्टि भएको र कल्चर प्रोसेसको रिपोर्ट आउन बाँकि रहेको बताउनु भयो ।