अत्याधिक गर्मीका कारण भोलिदेखी ३ दिन भरतपुरका स्कुल बन्द हुने

Posted by

चितवन, असार १ ।
प्रतिकुल मौसमका कारण भरतपुर महानगर भित्रका सबै सामुदायीक तथा संस्थागत विद्यालयहरु तिन दिनका लागि बद हुने भएको छ । बिगत केही दिनदेखि बढिरहेको गर्मीले गर्दा पठन पाठनमा समस्या आएको भन्दै विद्यालयहरु बन्द गरिने भएको हो ।

महानगरको शैक्षिक प्रशासन महाशाखामा सरोकारवालाहरु बिच छलफल गरि सो निर्णय गरिएको जनाईएको छ । निर्णय अनुसार भोली २ गते देखि ४ गते सम्म विद्यालयहरु बन्द हुनेछन् । पछिल्लो समय गर्मी बढ्दा चितवन लगायत तराई तथा काठमाण्डौं उपत्यकाको समेत जनजिवन प्रभावित भएको छ ।