अध्यक्ष प्रचण्डद्वारा नेता पाैडेलप्रति अन्तिम श्रद्धान्जलि,

Posted by

जेठ ३१, २०७६ चितवन : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेता तथा पूर्वशिक्षामन्त्री धनीराम (डिआर) पौडेलप्रति अन्तिम श्रद्धान्जलि अर्पण गरेका छन्। शुक्रबार अध्यक्ष दाहालले चितवनको माडीस्थित पौडेल निवास पुगी उनीप्रति श्रद्धान्जलि अर्पण गरेका हुन्। श्रद्धान्जलि कार्यक्रममा वामदेव गौतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पोख्रेल, देव गुरूङलगायतका नेकपाका नेताहरूको उपस्थिति थियो। उनको शुक्रबार नै माडीमा दाहसंस्कार गरिने छ। नेता पौडेलको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको थियो।