अर्घाखाँची, बिहीबार, असार १२ २०७६ । अर्घाखाँचीको पोखेडाँडामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
अर्घा नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु१च ९४७७ नम्बरको डबल क्याप जिप केहीबेर अघि पोखेडाँडामा दुर्घटना भएको हो ।
दुर्घटनामा सन्धिखर्क–९ नौलापानी निवासी बोमबहादुर चुँदालीको मृत्यु भएको प्रहरीले बताएको छ । तीन जना सवार जिपका चालक झविन्द्र खत्री र अनिल जिसी गम्भिर घाईते भएका छन् ।
जिप बाटोबाट करिब २ सय मिटर तल झरेको छ ।