अविरल वर्षाले चितवनको विभिन्न ठाउँहरु जलाशयमा परिणत, सौराहामा दर्जनबढी होटल डुबानमा

Posted by

शनिबार, २८ आषाढ, २०७६ चितवन : अविरल वर्षाका कारण चितवनको विभिन्न ठाउँहरु जलाशयमा परिणत भएको छ।  वर्षाले पूर्वी चितवनको रत्ननगर, खैरहनी, र राप्ती नगरपालिकाका क्षेत्रका सडकमा समेत तीन पानी जमेको छ भने रत्ननगरमै पर्ने पर्यटकीय क्षेत्र सौराहाको राप्ती र बुढी राप्ती नजिकको होटल तगा घरमा पानी पसेको छ। हालसम्म कुनै पनि मानविय तथा अप्रिय घटना भने घटेको छैन् । यस्तै राप्ती नगरपालिकामा त सडकमा नै पानी पस्दा आवागमनमा समस्या भइरहेको छ। पानीको निकास नभएका कारण धेरै ठाउँहरु डुबानमा परेका छन्।
सौराहामा आधा दर्जन बढी होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका छन् । यस्तै पश्चिम चितवनमा पनि नारायणी नदीले पटिहानी, जगतपुर, मेद्यौली लगायतका ठाउँ डुबानमा परेका छन् ।