आइ.एस.ओ चितवनको हाजिर जवाफ प्रतियोगिता सम्पन्न

Posted by

चितवन,१ फाल्गुन

आइ.एस.ओ. चितवनको आयोजना  र भरतपुर १३ स्थित गोल्डेन फ्युचर इन्लिस वोर्डिङ स्कुलको प्रायोजनमा विद्यालय सभाहलमा भएको हाज़िर जवाफ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्था अन्तर्गतका सबै  विद्यालयका कक्षा ५ सम्मका २/२ जना विध्यार्थीका टीम सहभागी थिए ।उक्त हाजिरीजवाफ कार्यक्रमको अध्यक्षता ISO संयोजक श्री वेदनिधि अर्यालले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता भरतपुर १३ का अध्यक्ष  प्रकाश दवाडीले गर्नुभएको थियो । जिल्ला प्याब्सन वरिष्ठ उपाध्यक्ष कीर्तिनिधी अर्याल ,विद्यालय व्यवस्थापन समिति अध्यक्ष टंकप्रसाद बास्तोला र मेट्रो प्याब्सन भरतपुरका उपाध्यक्ष  इश्वरबहादुर अधिकारीको विशिष्ट आथित्यता रहेको थियो ।कार्यक्रममा जिल्ला प्याब्सन सहसचिव भानुभक्त अर्याल, शिक्षक अभिभावक संघ अध्यक्ष कृष्णप्रसाद प्रसाईं अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो भने सबै विध्यालयका प्रधानाध्यापक र शिक्षक प्रतिनिधिहरु , प्रायोजक विद्यालयका वि.व्य. स. सदस्यहरु, शिक्षक कर्मचारीहरु एवं विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रमुख अतिथिबाट ब्यानर पढेर कार्यक्रमको उद्घघाटन गरिएको थियो भने विध्यालयका प्राचार्य  दीपकप्रसाद अर्यालले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि  प्रकाश दवाडी तथा जिल्ला प्याब्सन चितवन वरिष्ठ  उपाध्यक्ष कृतिनिधि अर्याल द्वारा कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो। विध्यालयका सहायक प्राचार्य अनुप पोखरेल तथा इ.सि.ए.हेड घनश्याम घिमिरेद्वारा सहजीकरण प्रतियोगितामा  आइ.एस.ओ. का सचिब नरेस ढकाल ले सन्चालन गर्नुभयको थियो। प्रतियोगितामा जनप्रिय पब्लिक स्कुलका छात्रहरु  उदयराज नेपाली र कुशल सापकोटा प्रथम हुन सफल भएका छन् भने वालविध्याश्रम इन्लिस बोर्डिंग स्कुलका छात्रछात्राहरूस् संगम अधिकारी र दिपिसा गौतम तथा न्यूभिजन इन्लिस वोर्डिग स्कुलका  छात्रहरुस् आर्जनबाबु अर्याल र सविन गहतराज   ले क्रमश द्वितीय र तृतीय स्थान हासिल गरेका छन्। मिलन इन्लिस बोर्डिंग स्कुलका छात्रछात्राहरुस् बिष्णु थापा र बबिषा रेग्मीले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन्।