आज चनौली, पर्सा र माडी क्षेत्रमा बिहान ६ बजेदेखि राती १० बजे सम्म विद्यूत सेवा अवरुद्ध हुने

Posted by

चितवन, ११ असार । चितवन जिल्लाको चनौली, पर्सा र माडी क्षेत्रमा आज बुधबार बिहान ६ बजेदेखि राती १० बजे सम्म विद्यूत सेवा अवरुद्ध हुने भएको छ । भरतपुर महानगरपालिकाको बाइपास सडकमा भएको विद्युतिय संरचना सार्ने कार्यका  लागि लाइन सटडाउन गर्नुपर्ने भएकाले चनौली, पर्सा र माडीबाट वितरित सम्पूर्ण लाइनहरु बन्द हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले एक सूचना प्रकाशित गरी जानकारी गराएको हो ।