आज चैत्र २० राष्ट्रिय सहकारी दिवस

Posted by

चैत २०, २०७६ 
नेपालमा वि. सं. २०१३ चैत २० गते चितवनको बखानपुर कृशि सहकारी सन्स्थाको स्थापना भइ सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको हो ।
आज देशभर ६३औं राष्ट्रिय सहकारी दिवस मनाउनु पर्ने हो। देशका विभिन्न जिल्लामा ¥याली, गोष्ठि, अन्तरक्रिया, वृक्षारोपण लगायतका कार्यक्रम गर्दै बिगतका बर्सहरु मा राष्ट्रिय सहकारी दिवश मनाउने गरियको थियो तर यस बर्स कोरोना भाइरस COVID19 को कारण सारा बिश्ह्वो नै आक्रान्त भैरहेको बिसम परिस्थितिमा नेपाल पनि अछुतो रहन सकेन /
सरकार सबै नेपालिको जिबन रक्षा को लागि रातदिन लागि परेको छ भने नेपालिहरु पनि आफ्ना सबै काम काज छोडेर लकडाउन को पालना गर्दै घरभित्त्रै बस्न बाध्य छन / तेसैले यस बर्स सहकारी दिबशको खासै चर्चा हुन सकेन /
नेपालमा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्दै गरीवी न्यूनीकरण र राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको छ । हाल मूलुकभर संचालित विभिन्न प्रकृतिका सहकारी संघसंस्थाको शेयर पूँजी करिब ६३ अर्व रुपैयाँ पुगेको छ भने बचत निक्षेप २ सय अर्व भन्दा बढि र लगानी पनि लगभग २ सय अर्ब नै रहेको छ । यतिबेला देशभर विभिन्न प्रकृतिका गरी झन्डै ३६ हजार को हाराहारी मा सहकारी सन्स्थाहरु छन ।
हाल सञ्चालित सहकारी संस्थामध्ये बचत तथा ऋण परिचालन गर्ने सहकारी संस्थाको सङ्ख्या ४० प्रतिशत छ । उक्त संस्था बढी मात्रामा शहर केन्द्रीकृत छन् । हालसम्म उनीहरुको उत्पादनमा प्रत्यक्ष सहभागिता रहेको पाइदैन। नेपालमा बचत तथा ऋण लगानी गर्ने संस्थाको सङ्ख्या करीब १४ हजार छ /
अन्न्य प्रकृतिका सहकारी हरु जस्तै दुग्ध, कृशि ,उपभोक्ता ,बहुउद्देश्य, लगायत का सहकारी हरु ६० प्रतिसत को हाराहारी मा रहेका छन / देशको समग्र उत्पादनमा भने यिनै सहकारीहरुको बढि मात्रामा योगदान रहेको छ /

This image has an empty alt attribute; its file name is 91478289_2722639684456615_7694980097480065024_o.jpg

विश्वमा सन् १८४४ बाट सहकारी अभियानको शुरु भएको हो । हाल ३० लाख भन्दा बढि सहकारी संस्था सञ्चालित छन् । ती संस्थाका एक अर्ब २० करोड सदस्य छन् । नेपालमा विसं २०१० मा सहकारी विभागको दर्ता भई सहकारीका क्रियाकलाप अघि बढिरहेको छ ।
खासमा सहकारी जुन मुल्य र मान्यताले प्रार्दुर्भाब भयको हो सोहि रुपमा भने हाम्रो देशमा स्थापना हुन – सन्चालन हुन र अनुगमन हुन सकेको पाइदैन / सहकारीका अन्तरास्ट्रीय ७ मान्यता भने यस्तो रहेको पाइन्छ /

१. खुला तथा ऐच्छिक सदस्यता
२. सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण
३. सदस्यहरुको आर्थिक सहभागिता
४. स्वायत्तता तथा स्वतन्त्रता
५. शिक्षा, तालिम र सूचना
६. सहकारीहरुबीच पारस्परिक सहयोग
७. समुदायप्रति चासो ।

नेपालका शुरुवाती सहकारी सेवाका दिनमा धेरै वटा सहकारी सञ्चालकहरु सहकारी सेवाका रुपमा जनसाधरणलाई ठगि गर्दे हिँडेका अनि बचतको दुरुपयोग गरेको सम्म पाइएको हो । अहिले आएर कानुनतः सहकारीलाई बलियो बनाउनु , नियमित अनुगमन गर्नु, निर्देशन दिनु, नियामक निकायहरु बाट नियमित खबरदारी भैरहनु ,कडा भन्दा कडा कार्बाई को ब्यबस्था गर्नु ,जस्ता कुराहरुले नेपाली सहकारीहरु सुदृढ र पारदर्शी बन्दै गएका छन् /
अझै पनि नेपाल गाँउहरुको नै देश हो भन्दा उति सारो गलत नहोला ! शहरमा दौडने चिल्ला गाडिहरु भन्दा गाँउमा धुलो उडाउदै हिँड्ने ट्याक्टर र साईकलहरुको लस्करले बिकासको प्रत्याभुती गर्दछन् । गाँउको विकास नै देशको विकास हो, स्थानीय निकायका नवनिर्वाचीत प्रतिनीधीहरुले पनि सहकारीको यो संरचनालाई स्थानीयस्तरमै प्रर्वधन गर्दै पारदर्शीता र सुशासन कायम गर्न मद्धत गरुन् । सहकारी दिवसको शुभकामना ।

 By: निर्मल अधिकारी
(प्रबन्ध निर्देशक रेडियो प्रभाव)
Mail: adhikari306@gmail.com
(डाटा : बिभिन्न फरक फरक श्रोत)