आज दिउँसोदेखि पश्चिमी न्यून चापिय प्रणालिको प्रभाव, केही ठाउँमा वर्षा र हिमपात

Posted by


२०७६, २४ माघ शुक्रबार काठमाडौं । हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएको तर आज दिउँसोदेखि नेपालमा पश्चिमी न्यून चापिय प्रणालिको प्रभाव रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पहाडी भूभागका केही स्थानको मौसममा आंशिक बदली रहेको मौसमविदले बताएका छन् । देशका पहाडी भूभागमा दिउँसो पनि आंशिक देखि सामान्य बदली रही बाँकी भूभाग सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

देशको पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।