आज देशका पश्चिमी भेगमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने

Posted by

फागुन २८, २०७६ काठमाडौं : पश्चिमी वायुको प्रभावका कारण आज देशका पश्चिमी भेगमा हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  दिउँसोपख मेघगर्जन र हावाहुरी सहित पानी पर्ने महाशाखाकी मौसमविद्‌ गंगा नगरकोटीले जानकारी दिएकी छिन्। पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने उनले बताइन्। मध्य र पूर्वी क्षेत्रको मौसम भने आज सफा रहनेछ।