आज सार्वजनिक बिदा भन्नु भ्रममात्रै “गृह मन्त्रालय”

Posted by

बिहिबार, पुस १० २०७६ काठमाडौँ । गृह मन्त्रालयले आज सार्वजनिक बिदा नदिइएको स्पष्ट पारेको छ । बिदा दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको भएपनि निर्णय भने नभएको हो ।

केही सञ्चारमाध्यमले आज बिदा दिएको भन्दै समाचार प्रकाशित गरेपछि भ्रम सिर्जना भएको थियो । गृह सचिव प्रेम कुमार राईले बिहीबार बिदा दिने नभएको बताए ।

आज पौष कृष्ण औँसीका दिन बिहान खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले सरकारले बिदा दिएको भन्ने भ्रम सिर्जना भएको थियो ।