आज – १९ आषाढ २०७६ बिहिवार को राशिफल

Posted by

वि.सं. २०७६ आषाढ १९ बिहीवार । ईसवी2019 Jul 4, Thursday । नेपाल संवत1139 दिल्लाथ्व द्वितीया-2 ।
आषाढ शुक्ल पक्ष

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । साथीभाईसंग मन प्रसन्न रहनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : स्वास्थ्यमा सुधार आउनेछ। ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धेरैले तपाईंका कामको तारिफ गर्नेछन । लामो समयपछि साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : सुखदुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन । आफन्तको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।


कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : साथीभाईसंग भेट हुँदा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।