आज २५९ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २१ हजार नाघ्यो

Posted by

काठमाडौँ साउन २०। नेपालमा आज मंगलबार २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार एकैदिन २५९ जनामा संक्रमण देखिएको हो । यससँगै नेपालमा संक्रमित हुनेको संख्या २१००९ पुगेको छ ।
आज बार ७६८७ जनाको परीक्षण गरिएको थियो । हालसम्म ४ लाख ०६ हजार ५९४ जनामा पिसिआर परीक्षण गरिएको पनि उनले जानकारी दिए ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ६५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।क्वारेन्टाइन रहनेको संख्या १०४५२ रहेका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या १५ हजार ०२६ पुगेको छ । हाल ५९२५ जना आइसोलेसनमा रहेका छन् ।