आयोजक ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

Posted by

असार २७, २०७८ आइतबार :  आयोजक ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलकाे उपाधि जितेकाे छ। 

केहिबेर अघि सकिएकाे खेलामा अर्जेन्टिनाले ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्‍यो। माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे ।

खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका हुन्। उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरे। बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन।

ब्राजिलको पटक पटकको आक्रमण अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए। जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ।