आशिर्वाद पोलिस्याक इन्डस्ट्रिजको भवन शिलान्यास

Posted by

मंगसिर१५ ,चितवन

चितवनमा आशिर्वाद पोलिस्याक इन्डस्ट्रिज को भवन शिलान्यास भएको छ। सोमबार एक कार्यक्रमका विच उद्योगका अध्यक्ष एवं युवा व्यवसायी विजय बहादुर घलेबाट वन्न लागेको भवन शिलान्यास भएको हो। भरतपुर महानगरपालिका वार्ड नं १६,शिबघाटमा पर्ने भँगेरीथानमा दुई बिगाहा क्षेत्रफलमा उद्योग बन्न लागेको हो।

झण्डै एक सय करोड को लगानीमा उद्योग सञ्चालनमा आउन लागेको हो। उद्योगले पि पि बोरा, त्रिपाल, र फेब्रिक उत्पादन गर्ने उद्योग सञ्चालक सदस्य तथा आशिर्वाद पाइप इन्ड्रस्ट्रिजका सञ्चालक गोपल गौतमले बताए। छ महिना पछि उत्पादन दिने गरि काम शुरू गरिएको उद्योगका अध्यक्ष विजय घलेले जानकारी दिएका छन्। उधोगले उत्पादन गरेका ३० प्रतिशत फेब्रिक भारत लगायत खाडीका विभिन्न मुलुकहरुमा निर्यात गरिने अध्यक्ष घलेले बताएका छन्।