इटालीमा पुल भत्किएर मृत्यु हुनेको संख्या ३५ पुग्यो

Posted by

साउन ३०,
इटलीको जेनोआ शहरमा एउटा प्रमुख राजमार्गमा रहेको पुल भत्किंदा मृत्यु हुनेको संख्या ३५ पुगेकाे छ। इटालीको समाचारसंस्था एन्साका अनुसार आँधीबेहरी आएको बेला पुल भत्के पछि ५ जना गम्भिर घाइते भएको जनाएको छ। व्यस्त पुल भत्किदा तीसवटा भन्दा बढी गाडीहरु पुलबाट ४५ मिटर तल रेलवे ट्रयाक, भवन र नदीमा खसेका थिए। स्थानीय समय अनुसारबिहानको झण्डै साढे एघार बजे पुल भत्किएको समाचारहरुमा जनाइएको छ। सो झोलुंगे पुल सन् १९६० को दशकमा निर्माण गरिएको थियो र दुई वर्ष अघि त्यसको मर्मतसंभार गरिएको थियो। इटालीका गृहमन्त्री र यातायातमन्त्री घटनास्थलको निरिक्षण गर्न पुगेका थिए।