उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा राजु श्रेष्ठ निर्वाचित

Posted by

चितवन, मङ्लबार, पुस २९, २०७६

उद्योग वाणिज्य संघ चिवतनको अध्यक्षमा राजु श्रेष्ठ विजयी भएका छन् । अध्यक्ष पदमा २ हजार ५ सय ६८ मतमा राजु श्रेष्ठलाई १ हजार ५ सय ८८ र ज्ञानेन्द्रमान शाक्यलाई ९ सय ८० मत प्राप्त भएको छ । मतअन्तर अब गन्न बाँकी मत भन्दा बढी भएका कारण श्रेष्ठको जीत निश्चित भएको हो । परिणम घोषणा हुन भने बाँकी छ । संघको वस्तुगततर्फबाट दुर्गादत्त कँडेल विनोद तिमिल्सिना, धनप्रसाद पोखरेल, सर्मिला न्यौपाने मत प्राप्त गरेर विजयी भएका छन् ।
३ हजार ७ सय ४८ जना सदस्य रहेको संघको नेतृत्व चयनमा ३ हजार १ सय ७२ जनाले सहभागिता जनाएका छन् । संघको नेतृत्व चयनका लागि यसवर्ष पहिलो पटक विद्युतीय भोटीङ् मेसीनबाट मतदान भएको हो । अहिले उद्योग, वाणिज्य र महिला उद्यमी तर्फको मतगणा भैरहेको छ ।
आगामी नेतृत्वका लागि अध्यक्ष, उद्योग, वाणिज्य, वस्तुगत र महिला उद्यमी तर्फको सदस्यमा मात्र मतदान भएको थियो । यसअघि बरिष्ठ उपाध्यक्षमा उमेद्वारी दिएका विष्णुप्रसाद कंडेलले आफ्नो उमेद्वारी फिर्ता गरेपछि चुननारायण श्रेष्ठ निर्वाचित भैसकेका थिए । उपाध्यक्ष, कर्पोरेट तर्फको सस्दय र क्षेत्रिय संगठित सदस्य तर्फ गरि ६ जना निर्विरोध निर्वाचित भएका थिए । उपाध्यक्षमा उद्योग तर्फ चिरञ्जिवी सुवेदी, बाणिज्य तर्फ सुमनकुमार श्रेष्ठ र क्षेत्रीय संगठित सदस्य तर्फ भोजराज कौडाल निर्विरोध भएका थिए । त्यस्तै कर्पोरेट तर्फको सदस्यमा राजेन्द्र ओलि, र सिरिस पन्त्त, क्षेत्रिय संगठित सदस्य तर्फ मुक्तिकुमार श्रेष्ठ निर्वाचित भैसकेका थिए ।
संघमा निवर्तमान अध्यक्षसहित कूल २९ जनाको कार्यसमिति रहनेछ । निर्वाचनमा २५ जनाको उम्मेदवारी परेको थियो । पुस २८ गतेदेखि अधिवेशन शुरु भएको थियो । संघको निर्वाचनमा तीन हजार १ सय ४१ जना सहभागी थिए । पहिलो पटक उद्योग वाणिज्य संघले विद्युतिय भोटिङको प्रयोग गरेको थियो ।