उधोग बाणिज्य सघंको अधिबेसनको प्रचार प्रति चितवन कांग्रेसको असहमति

Posted by

रेडियो प्रभाव, २० पौष २०७६,

उधोग बाणिज्य सघंको अधिबेसनको प्रचार प्रति नेपालि कांग्रेस चितवनले असहमति जनाएको छ । नेपालि काग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले आज एक बिज्ञप्ति जारी गरी दलगत हस्तक्षेप र नेतृत्व चयनमा पारीएको प्रभावले कुनैपनि उधोग व्याबसायिको हित नहुने कुरा ब्यक्त गरेका छन् । नेपालि काग्रेसले सस्थाको बिधि बिधान र प्रचलित लोकतान्त्रिक मुल्यको अनुसरण नगरी सिमीत ब्याक्तिहरुले आफ्नो मनोगत उद्धेश्यबाट प्रेंरित भई गोलाप्रथाको माध्यामबाट नेतृत्व चयनको लागि उम्मेदवर छनोट गरेको प्रति आपत्ति जनाएको छ । “बिधि र पद्धतिलाई अनुसरण गरी नेतृत्व चयनका लागि सबै पक्ष सगँ अनुरोध गर्दछौ; बिज्ञप्तिमा भनिएको छ ।