एकाबिहानै चितवनमा थप १४ जनामा कोरोना पुष्टी

Posted by

sharethis sharing button

चितवन २५, भदौ –
चितवनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोभीड १९ परीक्षण प्रयोगशालामा गए राति १२ बजेसम्म गरीएको परीक्षणमा ७ जना पुरुष तथा ७ जना महिला गरी १४ जनामा संक्रलमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेहरु सबै चितवनकै बासिन्दा रहेको प्रयोगशालालाले जानकारी दिएको छ ।

जसमा भरतपुर महानगरपालिकाका मात्रै १३ जना रहेका छन् भने रत्ननगर नगरपालिकाका एक २५ बर्षीय महिला पनि संक्रमित बनेका छन् । भरतपुर महानगरपालिका  ५, ७, ९ ,१०, ११, १८  का ७ जना पुरुष तथा ६ जना महिलाहरु रहेका छन् । 

संक्रमितहरु सबै २१ देखि ६५ बर्ष उमेर समुहका रहेको प्रयोगशाला प्रमुख नितु अधिकारीले जानकारी दिनुभयो ।  हिजो बुधबार कुल ३०५ वटा नमुना परीक्षण गर्दा १४ जनामा मात्रै संक्रमण पुष्टी भएको हो भने बाँकी सबै स्वाबको रिपोर्ट नेगेटिभ आाएको छ ।