एक्सरे र फिजियोथेरापी सहितको पार्वतीपुर पोलिक्लिनिक संचालनमा आयो

Posted by


१४,बैशाख,पार्वतीपुर
पश्चिम चितवन लाइ लक्षित गर्दै मंगलवार देखि भरतपुर २१ को पार्वतीपुर बजारमा पार्वतीपुर पोलिक्लिनिक संचालनमा आएको छ।
भरतपुर २१ का वडाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि चित्रसेन अधिकारीले क्लिनिक को सुभारम्भ गर्दै सफलताको सुभकामना व्यक्त गर्नु भएको थियो। पश्चिम चितवन को उदाउँदो बजार पार्वतीपुर मा स्वाथ्य क्षेत्रमा यस क्लिनिकले प्रभाव कारी भूमिका निर्भाह गर्नेमा आफु विश्वस्त रहेको प्रमुख अतिथि चित्रसेन अधिकारीले बताउनु भयो।सहकार्य द्वारा नै सबै क्षेत्र को विकास हुने हुँदा सबै मिलेर अघि बढ्न अधिकारीले आग्रह गर्नु भयो। पोलिक्लिनिक का मेडिकल अधिकृत डा प्रतिक न्यौपाने ले आजकै दिन बाट दैनिक रुपमा ओ पी डी सेवा संचालनमा आएको जानकारी गराउनु भयो।इमर्जेन्सी सेवा र फार्मेसी सेवा समेत २४ औं घण्टा उपलव्ध गरिने ,अत्याधुनिक उपकरण सहित ल्याब ,भिडियो एक्सरे सेवा,थाइराइड परिक्षण,फिजियोथेरापी लगाएतका सेवा,हरु उपलव्ध गराउने न्यौपानेले जनाउनुभयो।शुभारम्भ कार्यक्रममा नेपाल रेडक्रस शोसाईटी उपशाखा पर्वातिपुरका सभापति रामचन्द्र अधिकारी , समाज सेवी विजय घले ,अमर गुरुङ लगाएतको उपस्थिति रहेको थियो। पार्वतीपुर पोलिक्लिनिक का अधक्ष्य शरद सुवेदी को अध्यक्षतामा सम्पन्न कार्यक्रम लाइ सचिब बिष्णु कंडेलले संचालन गर्नु भएको थियो।