एमबीबीएसको विवादास्पद प्रवेश परीक्षा रद्द हुने

Posted by

३० कार्तिक,
चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) ले २८ असोजमा लिएको एमबीबीएसको प्रवेश परीक्षा रद्द हुने भएको छ ।प्रवेश परीक्षामा केही परीक्षार्थीले इलेक्ट्रोनिक डिभाइसमार्फत चिट चोरी गरेको पुष्टि भएपछि त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषदले परीक्षा नै रद्द गर्न आईओएमलाई निर्देशन दिएको हो ।‘सीआईबीको अध्ययन प्रतिवेदन हेर्‍यौं र कानुनी सल्लाह लियौं । त्यसको आधारमा हामीले प्रतिवेदनले कारवाही अगाडी बढाउन आईओएमलाई भनेका छौं’ बैठकपछि उपकुलपति तीथ खनियाले अनलाइनखबरसँग भने ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको अनुसन्धानमा एमबीबीएसको परीक्षामा चिट चोरी भएको र प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो ।आईओएम परीक्षा समितिका संयोजक तथा सहायक डीन प्रा. डा. राजेन्द्र गुरागाईले भने त्रिविबाट निर्देशन आएपछि परीक्षा रद्दबारे निर्णय लिने बताएका छन् । उनले भने, ‘परीक्षा रद्द गर्न त्रि.वि कार्यकारी परिषद्बाटै निर्देशन आउनु पर्छ । तर अहिलेसम्म कुनै निर्देशन आएको छैन ।’