एम्बुलेन्सले ठक्कर दिँदा एकको मृत्यु, गुण्डा शैलीमा डाक्टरमाथि आक्रमण

Posted by

सुनसरी, मंसिर १ –
सुनसरी इनरुवा- ६ र ५ का बीचमा पर्ने गडन खोेला नजिकै बिहीबार बेलुका एम्बुलेन्सको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
विराटनगरबाट इनरुवातर्फ आउँदै गरेको को १ च ७०३३ नं को एम्बुलेन्सको ठक्करबाट जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा रामचन्द्र भट्टराइको ज्यान गएको हो । बेलुका साढे ६ बजे इनरुवाबाट आफ्नो घर दुहबीतर्फ जाँदै गरेको भट्टराई सवार बा२४प ४२४४ नंको मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिँदा भट्टराइको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन् । मृतक भट्टराइलाई उपचारका लागि भन्दै इनरुवा अस्पताल ल्याएको र मृत रहेको भट्टराइका विषयमा स्वास्थ्यकर्मीले जानकारी गराएपछि प्रहरीले डा माथि आक्रमण गरेको बताइएको छ । मृतक भट्टराईका आफन्तपर्ने जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक सन्तोष पोखरेलले डा तुसार झा, स्वास्थ्यकर्मी ओम गोहीबार यादवलगायत सात जना स्वास्थ्यकर्मी माथि गुण्डा शैलीमा आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।