एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस नतिजा

Posted by

असार १२, २०७६ बिहिबार  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई ) २०७५ को नजिता सार्वजनिक गरेकाे छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा भर्खरै सार्वजनिक गरेको हो ।

यस वर्षको परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार ३ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । नतिजा नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन् ।

परीक्षा नियन्त्रण कार्यालयले गत चैत १० गतेदेखि लिएको २०७५ मा लिएको कक्षा १० को नतिजा सार्वजनिक गरेको हो । १९ सय ३९ ओटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । परीक्षा नियन्त्रण कार्यालयसहित ६० वटा कार्यालयमा परीक्षण गरिएको थियो ।

यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । प्रदेश नं १ बाट – ८३ हजार ६ सय १८, प्रदेश नं २ बाट – ७० हजार ५ सय १८, प्रदेश नं ३ बाट – १ लाख हजार दुई,  गण्डकी प्रदेशबाट  ४८ हजार ६३, प्रदेश नं ५ बाछ– ७६ हजार ९ सय ८३, कर्णाली प्रदेशबाट – ३५ हजार ६ सय ३४ र सुदुरपश्चिम प्रदेशबाट – ५३ हजार ९ सय ७२ विद्यार्थी परीक्षामा सहभागि भएका थिए ।

कसरी हेर्ने नतिजा ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np, राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुर www.neb.gov.np, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर www.see.gov.np, नेपाल टेलिकम www.see.ntc.net.np, एनसेल www.ncell.axiata.com, एजाइल एडुकेशन, www.merostudy.com, ईडीयू सञ्जालwww.see.edusanjal.com मा गएर नतिजा हेर्न सकिन्छ ।

यस्तै, एसएमएसबाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ । यसैगरी results लेखेर स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३५००१ मा पठाउन सकिन्छ ।