एसईई उर्तिण विद्यार्थी पार्वतिपुरमा सम्मानित

Posted by

सुदिप देवकोटा /सुदय लामिछाने

१६ असार पार्वतिपुर, चितवन- एसईई उर्तिण विद्यार्थी पार्वतिपुरमा सोमबार सम्मानित भएका छन । होलिडे क्रियसन एण्ड मेरिडियन एजुकेशन सेन्टर प्रा. लि ले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा ९० जना विद्यार्थी सम्मानित भएका थिए । विद्यार्थीलाई पार्वतिपुर बजार टोल विकास संस्थाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि होमनाथ पौडेलले खादा प्रदान गरी शुभकामना दिनु भएको थियो। संस्थाका अध्यक्ष टेकनाथ लामिछाने कार्यक्रमको औचित्य प्रष्ट पार्नु भएको थियो ।

Image may contain: 3 people, people standing and indoor

मोटिभेसनल स्पिकर अपिल घिमीरे तथा अर्किट कलेजका प्राचार्य डा. खेम आचार्य ले विद्यार्थीलाई एसईई पछिका सफलताबारे मन्तव्य दिनुभएको थियो । त्यस्तै भानु मा. बि पाहारिलोटारका विद्यालय व्य. समितिका अध्यक्ष दिलिप न्यौपाने, सोहि विद्यालयका प्राचार्य विकास थापा प्याराडाईज इ. स्कुलका प्राचार्य चेतन घिमिरे लगाएतले विद्यार्थीलाई शुभकामना दिनु भएको थियो । संस्थाका उपाध्यक्ष चोक श्रेष्ठ्ले आगन्तुक सबैलाई स्वागत गर्नु भएको थियो ।

Image may contain: 8 people, people sitting and indoor
Image may contain: 2 people, people dancing, people standing and indoor