बुधबार, २०७६ असार ११–
आज हुने भनिएको राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल सरेको छ । परीक्षाफल भोलि (बिहीबार) मात्रै प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
गत चैत १० गतेदेखि सञ्चालित परीक्षामा नियमिततर्फ करिब ४ लाख ५९ हजार र एक्जाम्टेडमा करिब १५ हजार विद्यार्थी सहभागी थिए ।