एसिड आक्रमणमा परेकी मुस्कानको शल्यक्रिया सम्पन्न

Posted by

                                     फाइल तस्वीर

काठमाडौं, आइतबार भदौ २२ । एसिड आक्रमणमा परेकी वीरगंजकी मुस्कान खातुनको आज शल्यक्रिया गरिएको छ ।

गत शुक्रबार विद्यालय जाँदा एसिड आक्रमणमा परेकी १४ वर्षीय मुस्कानको कीर्तिपुर अस्पतालमा शल्यक्रिया गरिएको हो । एसिडले अनुहार, घाँटी र हातमा असर गरेको उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्र भण्डारीले जानकारी दिए ।

पुनः शल्यक्रिया गर्नु नपर्नेगरी नै शल्यक्रिया गरिएको भन्दै डा. भण्डारीले उनी खतरामुक्त भने भईनसकेको बताए ।