‘ए’ डिभिजन लिग : आज दुई खेल हुने

Posted by

बिहीबार, ९ माघ, २०७६ काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा थ्रिस्टार क्लबले हिमालयन शेर्पासँग खेल्नेछ ।

लिग तालिकामा थ्रिस्टार ११ अंकसहित पाँचौ स्थानमा छ भने हिमालयन शेर्पा क्लब ७ अंकसतिह ११ औं स्थानमा रहेको छ । आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपीएफ टिमसँग खेल्नेछ ।

९ अंक जोडेको जावलाखेल तालिकाको आठौं स्थानमा छ भने ५ अंक जोडेको एपिएफ १३ औं स्थानमा रहेको छ । यसअघि हिजोको खेलमा नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै मच्छिन्द्र क्लबले शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरुेको छ ।

दुबै टोलीको समान १६ अंक भएपनि एक खेल कम खेलेको आर्मी क्लब गोल अन्तरको आधारमा शीर्ष स्थानमा रहेको छ ।