ए डिभिजन लिग : आर्मी र फ्रेन्ड्स तथा संकटा र च्यासल भिड्ने

Posted by

२०७६, ३० मंसिर सोमबार काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुदैछन् ।ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब भिड्नेछन् ।

दोस्रो खेलमा दशरथ रंगशालामा संकटा र च्यासलले दिउँसो साढे २ बजे प्रतिस्पर्धा गर्नेछन् ।लिगको पहिलो खेलमा चारै टोली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछन् ।

करिब ५ बर्षपछि दशरथ रंगशालामा लिगको खेल हुन लागेको छ । यसअघि लिगको उद्घाटन खेल रंगशालामा गर्ने भनिएपनि बर्षाले मैदान हिलाम्य भएपछि प्रभावित बनेको थियो ।

लिगको पहिलो खेलमा दुबै टिम स्पष्ट तीन अंक बटुल्ने लक्ष्य सहित मैदान उत्रनेछन् । लिगको पहिलो खेलमा दुबै टिम जित निकाल्न चाहन्छन् । दुवै टिम विपक्षीलाई अंक सुम्पिने अवस्थामा छैनन् ।

गत सिजन भएको भिडन्तमा संकटाले बाजी मारेको थियो । खेलमा संकटाले च्यासललाई २–१ गोल अन्तरले पराजित गरेको थियो । च्यासलविरुद्ध म्यान अफ दि म्याच चुनिएका संकटाका नितिन थापा यस सिजन च्यासलको जर्सीमा मैदान उत्रनेछन् ।