ओम शिबालय हाट बजारको प्रथम बार्षिकउत्सब तथा विविध साँस्कृतिक कार्यक्रम सम्पन्न

Posted by

सुदिप देवकोटा
पार्वतिपुर, आइतवार फागुन ४ :

ओम शिबालय हाट बजारको बार्षिकउत्सब तथा विविध साँस्कृतिक कार्यक्रम पार्बतिपुरमा सम्पन्न भएको छ । ओम शिबालय कृषि सहकारी संस्था लि. ले सञ्चालनमा ल्याएको हाटबजारले आफ्नो प्रथम बार्षिकउत्सबको अवसर पारी साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु लोक गायक सन्दिप न्यौपाने, गायिका सरीता गुरुङ श्रेष्ठ लगाएत स्थानिय कलाकारहरुले आफ्नो बेजोड प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि बाग्मति प्रदेशका सासंद रामलाल महतो रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महतोले हाटबजारले स्थानिय उत्पादनलाई प्रोत्साहान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमा बिशिष्ट अतिथि भरतपुर २१ का वडाध्यक्ष चित्रशेन अधिकारी रहनुभएको थियो । सस्थाँका अध्यक्ष दिपक लामिछानेको सभापतित्वमा सम्पन्न भएको औपचारीक कार्यक्रममा भरतपुर २१ का वडा सदस्य राजु तामाङ , शान्ति पराजुलि, समाजसेवि बलराम सापकोटा , भरत लामिछाने, होमनाथ पौडेल , नेत्रनाथ सापकोटा लगाएतको उपस्थिति रहेको थियो । साँस्कृतिक कार्यक्रम शनिवार दिउसो १ बजेबाट साझँ ८ बजेसम्म सञ्चालन भएको थियो । संस्थाले स्वच्छ, स्वस्थ गाउँको उत्पादन, ओम शिबालय हाट बजारमा बजारीकरण भन्ने नाराका साथ पार्बतिपुरमा गतबर्ष देखि हाट बजार सञ्चालनमा ल्याएको हो । साथै शंस्थाले हाट बजार परिसरमा दुग्ध डेरि पनि सञ्चालन गरिरहेको छ । हाटबजार हरेक साताको मङगलबार र शनिबार लाग्ने गर्दछ ।

This image has an empty alt attribute; its file name is 22-5-1024x512.jpg