ओम शिबालय हाट बजारको बार्षिकउत्सब तथा विविध साँस्कृतिक कार्यक्रम जारी

Posted by

पार्बतिपुर, फागुन ३

ओम शिबालय हाट बजारको बार्षिकउत्सब तथा विविध साँस्कृतिक कार्यक्रम पार्बतिपुर बजारमा जारी रहेको छ । ओम शिबालय कृषि सहकारी संस्था लि. ले सञ्चालनमा ल्याएको हाटबजारले आफ्नो प्रथम बार्षिकउत्सब पारी साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु लोक गायक सन्दिप न्यौपाने, गाइका सरीता गुरुङ श्रेष्ठ लगाएत स्थानिय कलाकारहरुले आफ् प्रस्तुति दिइरहेका छन् । कार्यक्रममा प्रमुख अतिथि बाग्मति प्रदेशका सासंद रामलाल महत्वो रहनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै महत्वोले हाटबजारले स्थानिय उत्पादनलाई प्रोत्साहान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमा बिशिष्ट अतिथि भरतपुर २१ का वडाध्यक्ष चित्रशेन अधिकारी रहनुभएको थियो । सस्थाँका अध्यक्ष दिपक लामिछानेको सभापतित्वमा सम्पन्न भएको औपचारीक कार्यक्रममा भरतपुर २१ का वडा सदस्य राजु तामाङ , शान्ति पराजुलि, समाजसेवि बलराम सापकोटा , भरत लामिछाने, होमनाथ पौडेल , नेत्रनाथ सापकोटा लगाएतको उपस्थिति रहेको थियो । साँस्कृतिक कार्यक्रम साझँ ८ बजेसम्म सञ्चालन हुने छ । संस्थाले स्वच्छ, स्वस्थ गाउँको उत्पादन, ओम शिबालय हाट बजारमा बजारीकरण भन्ने नाराका साथ पार्बतिपुरमा गतबर्ष देखि हाट बजार सञ्चालनमा ल्याएको छ । हाटबजार हरेक साताको मङगलबार र शनिबार लाग्ने गर्दछ ।