ओली र प्रचण्ड आज पेरिसडाँडा जाँदै

Posted by

जेठ ४, २०७५ काठमाडौं-
एकीकृत पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड आज पेरिसडाँडा जाने भएका छन् ।एकीकृत पार्टीका दुई अध्यक्ष पार्टी कार्यलय अवलोकनका लागि चार बजे त्यहाँ जान लागेका हुन् ।एकीकृत पार्टीका केन्द्रीय सदस्यसमेत रहेका पेरिसडाँडा कार्यलयका सचिव डोरप्रसाद उपाध्यायले दुवै अध्यक्षले पार्टी कार्यलय अवलोकन र निर्देशन दिने कार्यक्रम रहेको बताए । यस अघि एमाले र माओवादीका पार्टी कार्यलय दुवै नै एकीकृत पार्टीको कार्यलय हुने सहमति गरेका छन् । हिजोमात्रै एमाले र माओवादीबीच एकता घोषणा भएको छ । एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी छ ।