कंञ्चनवस्तीमा जारी पाचौँ कञ्चन खुल्ला नकआउट भलिबल प्रतियोगिता अन्तर्गत आज ६ खेल सम्पन्न

Posted by

रेडियो प्रभाव, पार्वतिपुर

मंगलबार, २९ पुष, २०७६- कंञ्चनवस्तीमा जारी पाचौँ कञ्चन खुल्ला नकआउट भलिबल प्रतियोगिता अन्तर्गत आज प्रि-क्वाटर र क्वाटर फाइनलका गरि ६ खेल सम्पन्न भएको छ।
आज भएको पहिलो खेल अन्तर्गत DYC बलुवा र अमॄत स्पोर्ट्स क्लब बिचको खेलमा अमॄत स्पोर्ट्स क्लबको अनुपस्थितिमा DYC बलुवा लाइ बिजयि बनाइएको छ।
त्यसैगरि आजनै भएको दोस्रो खेलमा एपिएफ लाइ २६-२४, २५-१५ र २६-२४ को सेटमा भरतपुर १४ हनुमान नगरले पराजित गरेको छ। आजै भएको तेस्रो खेलमा बागवानि युवा क्लबले २५-९, र २५-२० को सोझो सेट्मा पद्मोदय युवा क्लब लाइ पराजित गर्यो भने चौथो खेलमा महालक्षमि मेट्ल वर्क्शप कॄश्ण चोकले २५-२१ र २७-२५ को सोझो सेट्मा हिमाल युवा क्लबलाइ हराएको छ।
आजै भएको पाचौ खेलमा कालिबहादुर गण २५-२२ र २५-२१ को सोझो सेट्मा DYC बलुवा लाइ पराजित गर्यो भने आजै भएको अन्तिम खेलमा भरतपुर १४ हनुमान नगरले महालक्षमि मेट्ल वर्क्शप कॄश्ण चोकलाइ २६-२४, २८-२६ र २९-२७ को सेट्मा पराजित गरेको छ ।
प्रतियोगिता अन्तर्गत भोलि सेमिफाइनलका खेल बिहान १० बजे भानु मा बि र कालिबहादुर गण र भरतपुर १४ हनुमान नगर र बागवानि युवा क्लब बिच हुने छ। सेमिफाइनल खेलका बिजेता बिच भोलिनै फाइनल खेल हुने छ । प्रतियोगिताको समापन बाग्मति प्रदेशका सासंद रामलाल महतोले गर्नुहुनेछ ।
“कञ्चन समाजको चाहाना खेलकुद बिकासको कामना” भन्ने मुलनारा सहित सुरुभएको प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता माघ १ गतेसम्म कञ्चनबाल उधान कञ्चनबस्तिमा सञ्चालन हुने छ । प्रतियोगितामा विजेताले ५० हजार , उपविजेताले ३० हजार र सान्त्वना हुने २ टिमले नगत १०–१० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन ्। पश्चिम चितवनमा भलिवल खेलाडी उत्पादन र उनीहरुलाई प्रत्साहन गर्ने उद्देश्यले पार्बतिपुरको कञ्चनबस्तिमा प्रत्येक बर्ष भलिबल प्रतियोगिता हुँदै आएको छ ।