कंञ्चनवस्तीमा पौष २८ देखि पाँचौ कञ्चन खुल्ला पुरुष नकआउट भलिबल प्रतियोगिता हुने

Posted by


सुदिप देवकोटा
रेडियो प्रभाव, २०७६ पौष २० पार्वतिपुर

विगतका वर्षहरु जस्तै यस वर्ष पनि माघे संक्रान्तिको पावन अवसरमा कञ्चन समाजको चाहना, खेलकुद विकासको कामना’ भन्ने मूल नाराका साथ यहि पौष २८ गते देखि माघ १ गतेसम्म कञ्चन समाज विकास परिषद्को आयोजनामा “पाँचौ कञ्चन खुल्ला पुरुष नकआउट भलिबल प्रतियोगिता २०७६” हुने भएको छ ।
प्रतियोगिताको लागि खेल मैदान तयार गर्ने काम अहिले भैरहेको छ । प्रतियोगितामा सहभागि टिमको लागि इन्ट्रि फि १५ सय ५ रुपैया राखिएको आयोजकले जानकारि दिएको छ । टिम दर्ता गर्ने समय यहि पौष २७ गते सम्म रहेकोले समय अवधि भित्र आफ्नो टिम दर्ता गरिसक्न पनि कञ्चनसमाज विकास परिषद्का अध्यक्ष बिकाश भट्टले आग्रह गर्नुभएको छ ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार सहित सिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन । दोस्रो हुनेले ३० हजार सहित सिल्ड मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन । सेमिफाइनल पुग्ने २ टिमलाइ समान १० हजार सिल्ड मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।
माघे सक्रांन्तिको बिषेश अवसर पारेर कंञ्चन बाल उद्यानको खेलमैदानमा प्रतियोगिता आयोजना गरिएको हो । खेल माघ १ गते सम्म हुनेछ ।
विगत २०७२ देखी प्रतियोगिता गर्न सुरु गरेको पश्चिम चितवन भरतपुर-२१ पार्वतीपुरको पुरानो क्लब कंञ्चन समाज विकास परिसदले हरेक बर्ष खेलकुदका कार्यक्रम गर्दै आएको छ । परिसदले कंञ्चनवस्तीमा कंञ्चन उद्यान र खेलमैदानको संमक्षण र संवद्धन गर्ने गरेको छ ।