कक्षा १२ को नतिजा भोली……

Posted by

साउन १५, २०७५ |
राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ । मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ । यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गर्न लागेको हो । कक्षा १२ को नतिजा एकै पटक प्रकाशित गर्न लागेको यो पहिलो पटक हो । २०७५ सालमा संचालित परीक्षामा नियमित तर्फ दुई लाख ९८ हजार ९८७ र आंशिक तर्फ १ लाख १६ हजार २६६ गरि जम्मा चार लाख १५ हजार २५३ बिद्यार्थी सम्मेलित भएका थिए ।
नतिजा कसरी हेर्ने ?
नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट www.neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।