कञ्चन समाज बिकास परिषदको २४ औँ साधारण सभा तथा १३ अधिबेशन सम्पन्न,,,दुर्गा प्रसाद सुबेदीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

Posted by

माघ २४, पार्वतीपुर

कञ्चन समाज बिकास परिषद भरतपुर २१ पार्वतीपुरको २४ औँ साधारण सभा तथा १३ अधिबेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त साधारण सभा एवम अधिवेशन कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर २१ का वडाध्यक्ष चित्रशेन अधिकारी तथा सस्थाँका अध्यक्ष बिकास बिकास भट्टले सम्युक्त रुपमा गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष अधिकारीले कञ्चन समाज बिकास परिषदले स्थापनाकाल देखिनै यस क्षेत्रको बिकासमा सहयोग पुर्याएको बताउनुभयो । परिषदका हरेक समाजिक काममा बडाले सहयोग गरेको बताउदै अधिकारीले आगामि दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । वडाध्यक्ष अधिकारीले अघिल्ला कार्यसमितिले सामाजिक क्षेत्रमा उत्किष्ट्र काम गरेको भन्दै नयाँ कार्य समितिले अझ उर्जाशील र गतिशील भएर कार्यमा लाग्न आग्रह गर्नुभयो ।

अध्यक्ष बिकास भट्टको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य दुर्गा प्रसाद सुबेदीले स्वागत मन्तब्य, सचिव सरोज थपलियाले बार्षिक प्रगति प्रतिवेदन र लेखा समिति सयोँजक सुरेश कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।दोश्रो सत्रमा सम्पन्न अधिवेशनले दुर्गा प्रसाद सुबेदीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । परिषदको विधान अनुरूप सर्वसम्मत अध्यक्ष र १२ सदस्य निर्वाचित गरेको छ भने पछि दुई जना सदस्य मनोनीत गरि १५ जनाको कार्य कारिणी समिति गठन गरिने सस्थाँले जनाएको छ । नव गठित कार्य समितिको उपाध्यक्ष चित्र बहादुर अधिकारी, सचिव शिव पोख्रेल
कोषाध्यक्ष सिंह बहादुर थापा, सह(सचिव प्रविना काफ्ले चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा प्रज्ज्वल भट्ट, कमला भट्टराई, शिवराज ढकाल, भूपेन्द्र कार्की, राजु तिमिल्सेना,विन्दु न्यौपाने ,मौसम तामाङ्ग, रबिन बाँनिया चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष दुर्गा प्रसाद सुबेदीले कञ्चन समाजको विकासको लागी आफ्नो प्रतिबध्दता जाहेर गर्दै उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्नुभयो । कञ्चन समाज बिकास परिषदको स्थापना बि.स २०५३ सालमा तत्कालीन पार्बतीपुर गाबिसको कञ्चनबस्तिमा भएको हो ।