कन्चन समाज विकास परिषदको समन्वयमा कन्चनबस्तिमा ज्याला मज्दुरी गरि खाने ४४ घरपरिवारलाइ राहत वितरण

Posted by

बिहिबार, जेष्ठ १३ चितवन पार्वतिपुर : कोराना महामारीमा दैनिक रुपमा ज्यालादारी, मज्दुरी गरेर खाने तथा विपन्न रहेका करिब ४४ घरधुरिलाई कन्चन समाज विकास परिषदको समन्वयमा अपाङ्ग बिकास संस्थाले राहत वितरण गरेको छ । संस्थाले बिहिबार कन्चनबस्तिमा रहेका ४४ घरपरिवारका विपन्न, ज्यालादारी, मज्दुरी गरेर दैनिक हातमुख जोर्ने परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि समाजसेवि बालक्रिष्ण सापकोटाले कोरोना महामारीमा सबैभन्दा बढि प्रभावित भनेको दैनिक रुपमा काम गरेर खाने वर्ग रहेकाले उनीहरुको दैनिक रोजीरोटीनै खोसिएको महसुस गरि सहयोग गरिएको बताए ।

सो राहत बितरण कार्यक्रममा कार्यक्रममा कन्चन समाज बिकास परिषदका सल्लाहकार कन्चन बिनाुक टोल विकास सस्थाका प्रतिनिधि श्री गणेश पन्चायन मन्दिरका प्रतिनिधि र श्री आधारभुत विधालय कन्चनवसतिका अध्यक्षको लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन कन्चन समाज विकास परिषदका अध्यक्ष दुर्गाप्रसाद सुवेदीले गर्नुभएको थियो ।