कपिलवस्तुमा ट्रक र बस ठाेक्किँदा एकको मृत्यु , १५ जना घाइते

Posted by

मंगलबार, १७ आषाढ, २०७६ कपिलवस्तु । कपिलवस्तुमा दुई सवारी साधन एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् । जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ९ चौवन्नपुरमा ट्रक र बस आपसमा ठोक्किएका हुन् ।

मंगलबार राती पौने ३ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६२६८ नम्ब्र को ट्रक र विपरित दिशाबाट आउँदै गरेको म १ ख ८२८ नम्बरको बस आपसमा ठोक्किएका थिए । बसमा ४० यात्रु रहेपनि अन्यलाई केही नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मुत्यु हुनेको परिचय खुलेको छैन । अन्दाजी २५÷३० वर्षीय पुरुष भएपनि उनको परिचय खुल्न नसकेको हो । दुर्घटनामा १४ जना घाइते छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

ट्रक चालक प्रहरीको नियन्त्रणमा छन् भने बसलाई ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा ल्याएको छ । यद्यपि ट्रक लोड भएको कारणले ट्रक घट्नास्थलमा रहेको प्रहरीको भनाइ छ ।