कसराको बटुकदल गणद्धारा अमलटारीमा सरसफाई

Posted by

कात्तिक, ९ शनिवार २०७६ चितवन।

प्रकृति, पर्यावरण संरक्षणमा सहयोग पु¥याउने उद्धेश्यले चितवन राष्ट्रिय निकुञ्जमा रहेको बटुकदल गणले अमलटारीमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
गणपति प्रमुख सेनानी  अगुवाइमा राष्ट्रिय  निकुञ्जको मध्यवर्र्ती क्षेत्र अमलटारीको कावासोति नगरपालिका व८ा नम्बर १५ र १७ मा मध्यवर्ती क्ष्ँेत्र तथा नदी त६िय क्षेत्रमा सरसफाई कार्यक्रम संचालन गरिएको हो ।
मध्यवर्र्ती क्षेत्र अन्तरगत पर्ने अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेबाट शुरुवात भई अमलटारीको गंगेश्वर महादेव मन्दिर परिषर लगायत अमलटारीघाटबाट नाना होटल जाने बाटोसम्म गरी करीब १५०० मिटर क्षेत्रसम्मसरसफाई कार्यक्रम सम्पन्न गरिएको गणपति अरुण श्रेष्ठ जानकारी दिनुभयो ।

उहांँका अनुसार राष्ट्रिय निकुञ्ज अन्तरगत रहेको नदी तथा मध्यवर्ती क्ष्ँेत्रहरुमा भएको प्लाष्टिक लगायत अन्य फोहोरहरुको कारण प्रकृति, मानव तथा बन्यजन्तुहरुलाई पुग्न सक्ने नकरात्मक असरलाई न्यूनिकरण गर्न सरसफाई कार्यक्रम संचालन गरीएको हो । मानव तथा वन्यजन्तुका लागि सफा र स्वच्छ प्रकृतिको आवश्यकता रहेको हुंदा भविष्यमा पनि यस्ता सरसफाई कार्यक्रमलाई निरन्तरता दिइने श्रेष्ठको भनाई छ । कार्यक्रममा बटुकदलका गणपति प्रमुख सेनानी श्रेष्ठ , “ख” गुल्म अमलटारीका गुल्मपति सेनानी नवराज नाथ लगायत सकलदर्जाहरु, अमल६ारी मध्यवर्र्ती उपभोक्ता समितिका अध्यक्ष्ँ केदारनाथ घिमिरे, निकुन्ज प्रशासनका कर्मचारीहरु, स्थानिय होटल ब्यवसायीहरु, स्थानियबासीहरु गरी करिब टण् जनाको सहभागिता रहेको थियो । यसअघिपनि बटुकदल गणले प्रकृति तथा वन्यजन्तु संरक्षणका लागि दैनिक सैनिक अपरेशनल गतिविधीहरु संचालन गर्नुका साथै स्थानियहरुसंग समन्वय र सहकार्य गरी प्रकृति संरक्षण कार्य गर्दै आईरहेको छ  ।