काँग्रेसका पूर्व नगरसभापति मल्लको निधन

Posted by

चितवन,फाल्गुन २७

नेपाली काग्रेस रत्ननगरका पूर्व नगर सभापति समरकुमार मल्लको निधन भएको छ । लामो समयदेखी राजनीतिमा सक्रिय मल्लको ५६ वर्षको उमेरमा गएराती एक बजे निधन भएको हो । काठमाडौको विर अस्पतालमा उपचारको क्रममा निधन भएको हो । तीन महिनादेखी उनको कलेजोमा समस्या देखिएको थियो । मल्लको मंगलवार दाहसंस्कार गरियो । देवघाटमा परम्परा अनुसार अन्त्यष्टी गरिएको हो । उनको पार्थिव शरिरमा नेपाली काग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठ, पूर्व सभापति टेक प्रसाद गुरुङ , रामकृष्ण घिमिरे , शेषनाथ अधिकारी कृष्णलाल सापकोटा , टिकाराम न्यौपानेले पार्टीको झण्डा ओढाएका थिए । नेपाल कम्यूनिष्ट पार्टीका बाग्मती प्रदेशका सह ईन्चार्ज काशीनाथ अधिकारी र चितवनका ईन्चार्ज कृष्ण खनालले देवघाट पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए । तीन महिनादेखी कजेलो संक्रमणको विभिन्न सामाजिक काममा सक्रिय थिए । रत्ननगर खानेपानी संस्थाका पूर्व सल्लाहकार , रेडक्रस रत्ननगर उपशाखाका पूर्व कोषाध्यक्ष , टिकौली सामुदायीक वनको पूर्व उपाध्यक्ष हुन । नेपाली काग्रेस रत्ननगरले मल्लको निधनले अपुरणिय क्षति पुगेको भन्दै शोक ब्यक्त गरेको छ । नगर सभापति रुपनराज घिमिरेले मल्लको निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उनको संगठन सुदृढीरकरणमा असर पुगेको जनाएका छन ।