कांग्रेसको जिल्लाका सभापतिकोे भेला हेटौंडामा

Posted by

मकवानपुर, जेठ ६ –
नेपाली कांग्रेसले ७७ जिल्लाका सभापतिकोे भेला हेटौंडामा गर्ने भएको छ ।
तीन नंम्बर प्रदेशको राजधानी हेटौंडामा भेला गर्न लागिएको नेपाली कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो । जिल्ला कार्यसमिति सभापतिको राष्ट्रिय भेला असारमा हुने भएको हो । कांग्रेस उपसभापति विमलेन्द्र निधिले असार २, ३ र ४ गते प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडामा भेला गर्ने निर्णय भएको जानकारी दिनुभयो । यसअघि केन्द्रीय कार्यसमिति बैठकले भने जेठभित्रै भेला बोलाउने निर्णय गरेको थियो ।
जेठ १५ गते बजेट आउने र त्यसमाथि संसदमा हुने छलफलमा सांसद व्यस्त हुनुपर्ने भएकाले असार पहिलो हप्ताका लागि भेला बोलाइएको निधिले बताउनुभयो । उहाँका अनुसार सभापतिको भेलापछि महासमिति भेला मिति तोक्ने तयारी पनि भइरहेको छ । महासमिति बैठक भदौ महिनाभित्र गर्ने निर्णय भएको छ ।