काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्षले भत्काएको घर नेकपाले बनाईदियो

Posted by

साउन २५, आइतबार चितवन :

भरतपुरको पहारिलोटारमा खानेपानीको पाएप विस्तारका क्रममा गत जेष्ठ २९ भत्किएको स्थानीय दृष्टि विहिन बृद्धाको घर शनिबार मर्मत भएको छ। नेकपा वार्ड कमिटि भरतपुर २१, पार्वतीपुरको पहलमा घर मर्मत गरिएको हो।
वडाध्यक्ष नै अध्यक्ष रहेको पार्वतीपुर खानेपानी उपभोक्ता समितिले पाईपलाईन बिस्तारको क्रममा घर नै छेडेर आवासको लागि अयोग्य बनाएकोमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भरतपुर(२१ द्वारा पीडितको घर मर्मत सम्भारका लागि निर्माण सामाग्रीसहित जनश्रमदान गरि घरको मर्मतसम्भार गरि आवासको लागि उपयुक्त बनाएको हो । 

पार्वतीपुर खानेपानी संस्थाले घर भित्रबाट खाल्डो खनेर खानेपानीको पाएप बिछ्याइए पछि दृष्टिी बिहिन ८६ वर्षीय वसुन्धरा अधिकारीको घरमा क्षति भएको थियो। खाल्डो खाने पछि पुरानो घरको पिंडी कोठा र पर्खाल कमजोर बनेको थियो।
खानेपानी संस्थाका अध्यक्ष एवं भरतपुर २१ का वडाध्यक्ष चित्रसेन अधिकारीले घर भत्कनु कमजोरी भएको स्वीकार गरि त्यसलाई मर्मत गरिदिने वताएको तर २ महिना वितिसक्दा पनि कुनै पहल नभए पछि हामीले नै मर्मत गर्नु परेको नेकपा पार्वतीपुरले जनाएको छ । पाइप पुरेर मात्र छाडेको ठाउँमा मुसाले खोलेको, सर्पहरु लुक्न सक्ने भएकाले मर्मत गरिएको जनाएको छ ।

विकल्प हुँदा हुँदै पनि असहाए बृद्धा को घर क्षति हुने गरि पाएप बिछ्याए पछि आफ्नो पार्टीले तत्कालै पार्वतीपुर खानेपानी को कार्य प्रति असहमति जनाएको भनाइ छ। पार्टीको २९ हजार रुपैयाको लागतमा घरको भित्र र पिंडीमा ढलान सहित मर्मात गरिएको छ।