काठमाडौंका दुई स्थानमा विस्फोट, तीन जनाको मृत्यु

Posted by

  •  26, May 2019
  • आइतबार, १२ जेष्ठ, २०७६
news

काठमाडौं, जेठ १२ । काठमाडौंमा आइतबार दिउँसो दुई ठाउँमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ ।

सुकेधारामा दिउँसो एक शैलुनमा विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको हो ।

विस्फोटमा परी ६ जना घाइते भएका छन् । कसरी विष्फोट भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले अनुसन्धान गरिरहेको छ । 

यस्तै, अनामनगरमा एक घरमा बम बनाउँदै गर्दा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुने नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ता भएको प्रहरीको दावी छ ।

सो स्थानमा अन्य विस्फोटक पदार्थसमेत रहेको आशंकामा खोजतलास तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । केही शंकास्पद वस्तु रहेको भन्दै प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको बताइएको छ ।