काठमाण्डौको मूलपानीमा पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको ज्यान गयो

Posted by

असार २७, २०७६ शुक्रबार काठमाण्डौ – काठमाण्डौको मूलपानीमा घरको पर्खाल भत्किँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

मूलपानीको बाबाचोकको नजिक पर्खाल भत्किँदा एक गर्भवतीसहित ३ जनाको ज्यान गएको छ । पर्खाल भत्किएर घाइते भएका उनीहरुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बाराका देवताल गाउँपालिका ५ घर भई अहिले कागेश्वरी मनोहरा–६, मूलपानी बस्ने ३५ वर्षीया शर्मिला यादव, गर्भवती ३० वर्षीया  नितु यादव र १३  वर्षीय कुन्दन यादवको ज्यान गएको हो ।   

बिहिबार बेलुकादेखि परेको अबिरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । देशका अधिकांश स्थानहरुमा बाढी, पहिरो र डुबान भएका छन् । हजारौं सर्वसाधरणको घर डुबेको छ भने विभिन्न स्थानमा १२ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।

काठमाडौंको मुलपानीमा बाढीले बगाएर ३ को मृत्यु
नीतु यादव, शर्मिला यादव र कुन्दन यादवको मृत्यु

भोजपुर, टेम्केमैयुम–९ का १४ वर्षीय जनक विकको मृत्यु
रामप्रसाद राई–७ बासिखोराका जगतबहादुर राईको निधन

मकवानपुरको थाहा–३ महाभिरमा
खोलाले बगाएर सञ्चना बलामीको मृत्यु

सिन्धुलीको फिक्कल–१ महादेवडाँडामा
पहिरोमा पुरिएर हेमकुमारी सुनुवारको मृत्यु

काभ्रेको बनेपा–३ नालामा पहिरोले पुरिएर
गोमा दंगाल र सोहनी दंगालको मृत्यु
सुशीला, अनुष्का दंगाल र थप एक बालक घाइते ।

रामेछाप नगरपालिका–५, रामपुरमा
गोठको पर्खालले च्यापिएर पदमकुमार सुनुवारको मृत्यु

रौतहटमा लालबकैया खोलाले बगाउँदा
इशानाथ–३ का रामपुकार पटेलको मृत्यु

ललितपुर बघुवामा घर भत्किँदा
११ वर्षीय सरोज जिम्बाको मृत्यु ।

महोत्तरीको बलवा–२ मा रातु नदीले बगाउँदा
७५ वर्षीय अनिष बैठा बेपत्ता ।