कानूनको परिधिभित्र रहेर काम गर्नुपर्छ : प्रधानमन्त्री

Posted by

मंगलबार, २८ माघ, २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको परिधिभित्र रहेर स्वच्छ, पारदर्शी र व्यवसायिक स्वस्थता कायम गर्न उद्योगी व्यवसारीलाई आग्रह गर्नु भएको छ ।

काठमाडौंमा मंगलबार आयोजित महत्वपूर्ण व्यवसायीक व्यक्ति सम्मान कार्यक्रममा उनले कारोबारलाई स्वच्छ बनाई पारदर्शी बन्न सके मात्रै सुशासन कायम हुने बताए ।

प्रधानमन्त्री ओलीले निर्यात प्रबद्र्धनमा सरकारले सहजीकरण गर्न सहयोग गर्नेमा विश्वस्त हुन आग्रह गरे । कमिसन र भ्रष्टाचार सह्य नहुने भन्दै प्रधानमन्त्री ओलीले कुनै पनि कमिसनको पछि नलाग्न व्यवसायीहरुलाई सचेत गराए ।

प्रधानमन्त्री ओलीले आफुलाई चाहिने बस्तु आफै उत्पादन गर्ने क्षमता विकास गर्नु पर्नेमा समेत जोड दिए । कार्यक्रममा उद्योग राज्यमन्त्री मोतीलाल दुगडले उद्योगी व्यवसायीको मनोबल खस्कन नदिने भन्दै नीजि क्षेत्रले पनि राष्ट्र र राष्ट्रियताको भावना राखेर काम गर्न सुझाए ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले दिएको सम्मानले व्यवसायीको आत्मविश्वास बढेको धारणा राख्नुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका २५ जना उद्योगी व्यवसायीलाई सम्मान गरिएको थियो ।