कान्छिचोकमा टिपरले ठक्कर दिदा मृत्यु भएकी महिलाको पहिचान खुल्यो

Posted by

चितवन,बैशाख १२ – 
भरतपुरमा टिपरको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका २१ स्थित कान्छिचोकमा टिपरले साइकलमा सवार महिलालाई ठक्कर दिदा भरतपुर १७ बस्ने ४६ बर्षिय गिता गुरुङ्गको घटना स्थलमै मृत्यु भएको हो ।

शान्तीपुरबाट पार्वतीपुर तर्फ आउदै गरेको ना ७ ख ८११९ न को टिपरले साइकललाई आज आइतवार  १०ः३० बजे ठक्कर दिएको हो ।

मृतकको शवको मुचुल्का उठाएर पोर्ट्मार्टमको लागि भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन ।