काेराेना भाइरस : विश्वभर २ लाख ५२ हजारभन्दा धेरैकाे ज्यान गयाे

Posted by

बैशाख २३, २०७७ मंगलबार – काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमणकाे कारण विश्वभर साढे दुई लाखभन्दा धेरैकाे ज्यान गएकाे छ । 

वल्डोमिटरका अनुसार काेराेना सङ्क्रमणकाे कारण अहिलेसम्म दुई लाख ५२ हजार दुई सयभन्दा धेरैकाे ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा ६९ हजार ६ सय जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजारभन्दा धेरैको ज्यान गएको छ । अमेरिकामा १२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

यस्तै इटलीमा २९ हजार, बेलायतमा २८ हजार, फ्रान्स र स्पेनमा २५/२५ हजार जनाको ज्यान गएको छ । विश्वभर ३६ लाख ४० हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै छिमेकी देश भारतमा कोरोनाकाे कारण पछिल्लो २४ घण्टामा एक सय ५० भन्दा धेरैकाे ज्यान गएकाे छ । याेसँगै भारतमा ज्यान गुमाउनेको सङ्ख्या १५ सय ५० भन्दा माथि रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ९ सयभन्दा धेरै बिरामी थपिएका छन् । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४६ हजार चार सय ३० नाघेकाे छ ।

यसैबीच विश्वभर झण्डै १२ लाख जना कोरोना सङ्क्रमणबाट निको भएका छन् । ११ लाख ९२ हजार ९ सयभन्दा धेरै कोरोनाको सङ्क्रमणबाट निको भएकाे वल्डोमिटरले जनाएको छ ।

त्यस्तै नेपालमा ७५ जनामा कोरोना सङ्क्रमण भएकोमा १६ जना निको भएका छन् ।