कीर्गिस्तानविरुद्ध नेपाललाई पहिलो हाफमा ६–२ को अग्रता,सावित्राको ह्याट्रिक

Posted by

आइतवार, भाद्र २२, २०७६ काठमाडौं –किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको पहिलो खेलको पहिलो हाफमा नेपालले सानदार प्रदर्शन गर्दै आयोजक टोलीविरुद्ध ६–२ को अग्रता लिएको छ ।

चर्चित स्ट्राइकर सावित्रा भण्डारी सम्बाले पहिलो हाफमै ह्याट्रिक पुरा गर्दा दीपा राई, अनिता बस्नेत र निरु थापाले समान १ गोल गरे । तेस्रो मिनेटमा पहिलो गोल गरेकी सम्बाले दोस्रो गोल १५ औं मिनेटमा गरिन् । किर्गिस्तानले १९ औं र २२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

२५ औं मिनेटमा दीपाले गोल गरेपछि नेपालले पुन अग्रता लियो । सम्बाले ३० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । त्यसपचि सम्बाको पासमा अनिताले ३४ औं र अनिताको पासमा निरुले ३७ औं मिनेटमा गोल गर्दै नेपाललाई फराकिलो अग्रता दिलाए ।

This image has an empty alt attribute; its file name is Anita-Basnet-vs-Iran.jpg

नादेझ्दा कपमा सहभागी चार देशका टोलीले ५ दिनमा ४ खेल खेल्नु पर्नेछ । नेपालले नादेझ्दा कपमा लगातार तीन दिन राउन्ड रोविनका खेल खेल्दैछ । भदौ २३ गते उज्वेकिस्तानसँग खेलेपछि नेपालले त्यसको भोली पल्ट भदौ २४ गते ताजिकिस्तानको सामना गर्नेछ । राउन्ड रोविन लिग पछि भदौ २६ गते शीर्ष २ टोलीले उपाधिका लागि र त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।