अपिल घिमिरे ,चितवन
गएको शनिवार साउन ३ गते माडी नगरपालिका ९कुसुमखोलाका चेपांगहरुको घरमा आगो लगाइएको भनिएको समाचार झुठो रहेको चितवन राष्ट्रिय निकुञ्जले दाबि गरेको छ। जलाइएको घर नभई गाइवस्तु बाध्ने गोठ नै भएको र भत्काइएको घर भनिएको घर नभई जंगली जनावर कुर्न बनाइएको मचान रहेको निकुञ्जले बताएको छ। जलेको गोठको तस्वीरलाई घर भनेर गलत समाचार फैलाउने काम विभिन्न पत्रिकाहरुले गरेको निकुञ्जको आरोप छ। काजिमान चेपांगको गाइ वस्तु बाँध्ने गोठलाई घर भनेर प्रचार गरियो यो सरासर झुठ हो। उनको घर अहिले पनि सुरक्षित छ, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले पुष्टि गर्दै भनेका छन्। निकुञ्जको अतिक्रमित क्षेत्रलाई जोगाउने प्रयास स्वरुप वस्ती लाइ त्यस ठाउँ बाट सार्न खोजिएको हो। धेरै जसो सुकुम्वासीहरु अन्यत्र सरिसकेको र केहिले जग्गा कब्जा गर्ने मनासायले पून आउन थालेको कारण सामान्य कदम चालिएको अधिकृत रुपाखेतीले बताएकाछन्।
कुसुमखोला इलाका (धुपखोला क्षेत्र) मा अतिक्रमण नियन्त्रणको लागि हात्ती परीचालन हुनुअघिको तस्बीर
यस अपरेशनका क्रममा जम्मा २ वटा गोठ तथा छाप्रोमा आगजनि देखिएको र यिनै दुवैलाई घर भनि अतिरञ्जित गरिएको ।घरबासबिहिन भनी पत्रपत्रिकामा चर्चामा आएका व्यक्तिहरुको त्यस स्थानमा हालसमेत अन्न्नपात र घरहरु पूर्णरुपमा सुरक्षित रहेको ।